कास्कीमा पनि भेटियो सलह

 असार १४, २०७७ आइतबार १५:४६:३७ | सुमन गुरुङ
unn.prixa.net

फाइल फाेटाे

कास्की – कास्कीको पोखरामा पनि सलह किरा भटिएको छ । पोखरा महानगरपालिका १७ महतगौँडा क्षेत्रमा सलह किरा भेटिएको पुष्टि भएको पोखरा महानगरपालिका, कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो ।

शनिबार साँझदेखि नै सामाजिक सञ्जालमा सलह आएको हल्ला भए पनि आइतबार त्यस क्षेत्रमा सलह भेटिएको प्रमाणित भएको उहाँको भनाइ छ । 

‘स्थानीयले बिहान सात/आठ वटा भेटियो भन्नुभयो, त्यसपछि एउटा समाएर हेर्दा सलह नै रहेछ भन्ने हामीले बुझ्यौँ’, उहाँले भन्नुभयो, ‘पोखरामा हुल बाँधेर नै आएको त होइन तर एक–दुई वटा देखिए पनि सजग हुनुपर्ने बेला आएको छ ।’

किसानलाई सलह चिनाएर क्षति न्यूनीकरणको लागि सजग बनाउन महानगर लागिपरेको उहाँले बताउनुभयो । यो बेलामा किसानलाई बाली संरक्षण गर्न पठाउने र हुल नै बाँधेर आएको खण्डमा नियन्त्रणको लागि विषादी छर्कनेलगायतका योजना महानगरले बनाइरहेको उहाँको भनाइ छ । 

खेती बढी हुने ठाँउमा सलह जाने भएकोले ग्रामीण भेगतिरका किसानहरुसँग जानकारी लिइरहेको कडरियाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया