अर्घाखाँची पुग्याे सलह, मकैबाली ढाक्याे

 असार १६, २०७७ मंगलबार १९:२३:३१ | प्रेमनारायण आचार्य
unn.prixa.net

मालारानी ७ बामरुकमा मकैमा बसेको सलह

अर्घाखाँची – गएको शनिबार नेपाल प्रवेश गरेको सलह अर्घाखाँचीमा पनि पुगेको छ । सन्धिखर्क नगरपालिका, शीतगङ्गा नगरपालिका, भुमिकास्थान नगरपालिका, छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका र पाणिनि गाउँपालिका सबैतिर सलह देखिएको छ । 

सलहले आकाश ढाकेपछि स्थानीयहरु थाल ठटाउँदै आगो बालेर सलह धपाउन लागिपरेका छन् । जिल्लाका प्रायः सबैजसो क्षेत्रमा सलहले मकैबाली नष्ट गरेको छ । दुई दिनदेखि फैलिएको सलह अझैसम्म बालीमा देखिएको छ । कृषकहरु कसरी खेतीबाली जोगाउने भनेर चिन्तित बनेका छन् ।   

गाउँभरि सलह फैलिएर मकै तथा तरकारी बाली खान थालेपछि कसरी सलह धपाउने भनेर किसान चिन्तित बनेका हुन् । बारीमा भएको मकैभरि सलहले ढाकेको मालारानी ७ बामरुकका इन्द्रलाल रेग्मीले बताउनुभयो । हुर्कँदै गरेको मकैबाली सलहले नष्ट गरेपछि खाद्यान्न अभाव हुने हो कि भन्ने चिन्तामा किसान छन् ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया