कैलालीमा क्वरेण्टीनबाट घर फर्किएकी महिलाको मृत्यु, कोरोना परीक्षण हुने

 असार २०, २०७७ शनिबार १४:२५:१८ | सीताराम ओझा
unn.prixa.net

कैलाली – कैलालीमा क्वरेण्टीनबाट घर फर्किएकी एक महिलाको मृत्यु भएकाे छ ।

कैलालीको गोदावरी नगरपालिका १० मा भारतबाट फर्किएर क्वरेण्टीन अवधि पूरा गरी घर पठाइएकी ४८ वर्षीया महिलाको ज्यान  गएको हो ।

उहाँ जेठ २६ गते भारतबाट फर्किनु भएकाे थियाे । मृतक रक्तचाप र प्यारालाइसिसको बिरामी रहेको बुझिएको छ । मृतक महिलाको कोरोना परीक्षण गरिने भएको छ ।

कोरोना परीक्षणकाे लागि शुक्रबार नै स्वाब सङ्कलन गरी धनगढी प्रयोगशाला पठाइएको गोदावरी नगरपालिकाले जनाएको छ ।  

अन्तिम अपडेट: फागुन २९, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया