‘भारतीय मिडिया बकबास बन्द गर,  नेपाली एकढिक्का छौँ’

 असार २५, २०७७ बिहीबार १४:२०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा गरेको प्रचारले सीमा नाघेको बताउनुभएको छ ।

नेता श्रेष्ठले ट्वीट गर्दै भारतीय सञ्चारमाध्यमले सरकार र प्रधानमन्त्री ओलीका बारेमा गरेको अनर्गल प्रचारलाई बकवासको संज्ञा दिनुभएको छ । उहाँले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति नेपाली एक ढिक्क रहेको र विदेशीको 'फुटाउ र स्वार्थ पूरा गर' भन्ने नीति सफल हुन नदिने पनि बताउनुभएको छ ।

भारतीय सञ्चारमाध्यमले पछिल्ला दिनमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भ्रामक र आपत्तिजनक सामग्री दिइरहेका छन् ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री तथा नेकपाका नेता योगेश भट्टराईले पनि भारतीय सञ्चारमाध्यमका सामग्रीले उनीहरु आफैँ नाङ्गिइरहेकाे बताउनुभएको छ । प्रधानमन्त्री ओली, नेपाली नेताहरु र नेपालको सवालमा भारतीय सञ्चारमाध्यममा आइरहेका समाचार तथा टिप्पणी हेर्दा पूर्वीय सभ्यताको उपहास भइहेको नेता भट्टराईको भनाइ छ । 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया