सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी राजमार्ग खुल्यो

 माघ ५, २०८१ शनिबार १२:३६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सेम्बुङमा खाँदबारी–किमाथाङ्का सडकखण्ड खुलेको छ । भोटखोला–३ सेम्बुङ डाँडामा पहिरो झरेपछि खाँदबारी–किमाथाङ्का सडक बन्द भएको थियो ।

हिजो दिउँसो खसेको सुक्खा पहिरोले २० मिटरभन्दा बढी कच्ची सडक अवरुद्ध भएको थियो । सडकमाथिबाट ठूल्ठूला ढुङ्गासहितको सुक्खा पहिरो खसेर अवरुद्ध सडकखण्ड एक दिनपछि आज बिहानबाट सञ्चालनमा आएको उत्तर–दक्षिण सडक कार्यालयका सूचना अधिकारी नरेश जिरेलले बताउनुभयो ।

सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकामा आवतजावत गर्ने गाडी रोकिएका थिए । त्यसक्षेत्रमा लगातारजसो सुक्खा पहिरो खस्ने भएकाले कोशी राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ ।  

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया