गण्डकी प्रदेशमा थप २० जनामा कोरोना सङ्क्रमण

 असार २५, २०७७ बिहिबार १६:५१:४५ | सुमन गुरुङ
unn.prixa.net

कास्की – गण्डकी प्रदेशमा बिहीबार २० जनामा कोरोनाकाे सङ्क्रमण देखिएकाे छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र, जनस्वास्थ्य प्रयोगशाला हेटौँडा र भरतपुर अस्पतालमा भएको परीक्षणमा २० जनामा कोरोना पुष्टि भएको हो । 

बिहीबार कोरोना पुष्टि हुनेमा पोखरा महानगरपालिकाका तीन पुरुष र एक महिला, गोरखामा एक पुरुष र एक महिला, तनहुँका एक पुरुष, बाग्लुङ र म्याग्दीका दुई/दुई पुरुष, लमजुङका पाँच पुरुष तथा नवलपरासीका चार पुरुष रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले बताउनुभयो । 

योसँगै गण्डकीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार एक सय ४९ पुगेको छ । त्यस्तै प्रदेशमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन सय ८६ पुगेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म चार जनाकाे मृत्यु भएको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया