भारतीय न्युज च्यानलहरुको प्रसारण रोक्ने निर्णय

 असार २५, २०७७ बिहिबार २०:३४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) ले नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका छन् । 

वितरकहरुले सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकिने बताएका हुन् । 

पछिल्लो समय भारतीय च्यानलमा नेपाल र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा झुटा र भ्रामक प्रचार गरेको भन्दै वितरकहरु विदेशी च्यानल बन्द गर्ने निर्णयमा पुगेका हुन् । 

यो कदम सरकारको निर्देशनमा नभइ स्वतःस्फूर्त रुपमा चालिएको वितरक कम्पनीहरुले जनाएका छन् ।  

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया