म्याग्दीमा अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिश गर्ने व्यवस्था
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – नेपाल प्रेस काउन्सिलले प्रेस काउन्सिल अफ् इण्डियालाई पत्र लेखेर नेपाल सरकार र प्रधानमन्त्रीमाथि लगाइएका आपत्तिजनक आरोप र सामग्रीप्रति आपत्ति जनाएको छ ।
भारतीय सञ्चारमाध्यमहरुले नेपाल सरकार र प्रधानमन्त्री केपी शर्मा ओली विषयमा चरित्रहत्या गरिरहेको भन्दै उनीहरुलाई कारबाही र आचारसंहिताको दायरामा ल्याउन पत्रमार्फत आग्रह गरिएको छ ।
काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले प्रेस काउन्सिल अफ् इण्डियाका प्रमुख चन्द्रमौली कुमार प्रसादलाई पत्र लेखेर नेपालको सार्वभौमसत्ता र अखण्डता तथा प्रधानमन्त्रीको व्यक्तित्वमाथि गम्भीर आक्रमण भइरहेको भन्दै त्यहाँका सञ्चारमाध्यमलाई आचारसंहिता पालना गराउन आग्रह गर्नुभएको छ ।
भारतीय सञ्चारमाध्यमको रवैयाका कारण नै नेपालमा भारतीय समाचार च्यानलको प्रसारण बन्द भएको पनि काउन्सिलले जनाएको छ ।
भारतीय च्यानल जी न्युजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालकाे लागि चिनियाँ राजदूत होउ यान्छीबीचको सम्बन्धबारे भ्रामक र आपत्तिजनक सामग्री प्रसारण गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।