ऐश्वर्या राय र उनकी छोरीलाई पनि कोरोना सङ्क्रमण

 असार २८, २०७७ आइतबार १६:७:२३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – बलिवुड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनमा पनि कोरोना भाइरसकाे सङ्क्रमण देखिएकाे छ । 

मुम्बईका असिस्टेन्ट म्युनिसिपल कमिस्नर विश्वास मोटेले ऐश्वर्या राय बच्चन र उनकी छोरी कोरोना सङ्क्रमित भएको पुष्टि गरेका हुन् । अभिनेता अमिताभकी श्रीमती जया बच्चनकाे रिपाेर्ट भने नेगेटिभ आएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

शनिबार अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो, त्यसपछि उनीहरुलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको थियो । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया