बलात्कार आरोपमा पोखराबाट चार जना पक्राउ

 साउन १, २०७७ बिहिबार ७:१७:३१ | सुमन गुरुङ
unn.prixa.net

कास्की – गाडीमा लिफ्ट दिने बहानामा एक युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

घटनाको अनुसन्धान गर्न प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । मंगलबार बिहान पोखराको लेकसाइडमा रहेको एक होटलमा लगेर जबर्जस्ती शारीरिक सम्पर्क राख्न खोजेको आरोप छ ।

पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाँउपालिका–१० घर भइ अन्नपुर्ण–३ मा बस्ने २४ वर्षीय कपिल गुरुङ, अन्नपूर्ण–३ का २२ वर्षीय योगेश थकाली, माछापुच्छ्रे–७ घर भइ अन्नपूर्ण–३ काडे बस्ने १९ वर्षीय पुकार गुरुङ र अन्नपूर्ण–३ कै १८ वर्षीय सुशल गुरुङ रहेका छन् ।

असार ३० गते पोखरा महानगरपालिका–२ बाट नीलो रंगको ग १ च ७७४५ नम्बरको कारमा आएका उनीहरुले एक बालिकालाई जबरजस्ती गाडीमा हालेका थिए । त्यसपछि लेकसाइडमा रहेको एक होटलमा लगेर जबरजस्ती गरेको सूचनाको आधारमा पोखरा महानगरपालिका–१८, लामागाउँबाट उनीहरुलाई नियन्त्रणमा लगेको प्रवक्ता हमालले जानकारी दिनुभयो ।

उनीहरुलाई अपहरण तथा शरीर बन्धक र करणी सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हमालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया