बुटवल–पाल्पा सडक खुल्याे

 साउन २, २०७७ शुक्रबार १५:०:३४ | देव पचभैया
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडकखण्ड खुलेको छ । 

पाल्पाको तानसेन नगरपालिका ८ गौडेपुलमा ठूलो ढुङ्गासहित पहिरो खसेपछि शुक्रबार बिहानदेखि बुटवल–पाल्पा सडक बन्द भएको थियो ।

बाटो खुलेपछि रोकिएका गाडी गन्तव्यतर्फ लागेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सिद्धार्थ राजमार्गमा पर्ने गौडेपुलमा ठूला ढुङ्गासहितको पहिरो गएपछि बिहान साढे ५ बजेदेखि सडक बन्द भएको थियो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया