‘कोरोना सकिए जसरी भोजभतेर र भिडभाड हुँदा चिन्ता बढ्यो’

 साउन ३, २०७७ शनिबार १७:०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नागरिकले लकडाउन र स्वास्थ्य सुरक्षाको सतर्कता पालना नगरेको भन्दै सरकारले चिन्ता व्यक्त गरेकाे छ । 

सरकारले कोरोना भाइरसकाे सङ्क्रमणबाट बच्दै जनजीवन सामान्य बनाउने तयारी गरिरहे पनि नागरिक भने सामान्य अवस्थामा जस्तै कामै नभए पनि घरबाहिर डुल्ने, सार्वजनिक यातायातमा पनि सतर्कता नअपनाउने, अनावश्यक भिडभाड भइरहेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिन्ता जनाएको हो ।

मन्त्रालयका प्रवक्त डाक्टर जागेश्वर गौतमले भोजभतेर र जमघट भइरहेको, बैंक, सपिङ मल, रेस्टुरेन्टमा पनि भिडभाड देखिएको र सामाजिक दुरीलाई वास्ता नगरेकाले कोरोना फैलिने जोखिम बढेको बताउनुभयो ।

मानिसमा कोरोना सर्न डर हराउन थालेकोले चिन्ता बढेको भन्दै जनस्वास्थ्यका न्यूनतम मापदण्ड अपनाउन डाक्टर गौतमले आग्रह गर्नुभयो । लकडाउन र सरकारले दिएका निर्देशन पालना गरेमात्रै कोरोनाविरुद्ध जित हासिल गर्न सकिने तर त्यसाे नगरे खतरा झनै बढ्ने भएकाले सरकारको अनुरोध पालना गर्न प्रवक्ता गौतमले आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया