२४ घण्टामा १५६ जनामा काेराेना भाइरसकाे सङ्क्रमण

 साउन ४, २०७७ आइतबार १६:३१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा पछिल्लाे २४ घण्टामा एक सय ५६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । 

देशभरका २७ वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ५६ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिले नेपालमा सक्रिय र निको भएकासमेत गरी कोरोना पुष्टि हुनेको सङ्ख्या १७ हजार ६ सय ५८ रहेको मन्त्रालयले जनाएको छ । 

अहिलेसम्म प्रदेश नम्बर १ मा  आठ सय ३०, प्रदेश नम्बर २ मा चार हजार पाँच सय ५१, वाग्मती प्रदेशमा आठ सय ५६ र गण्डकी प्रदेशमा एक हजार तीन सय ८१ जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै प्रदेश नम्बर ५ मा चार हजार एक सय ७२, कर्णाली प्रदेशमा एक हजार आठ सय १४ र सुदूरपश्चिम प्रदेशमा चार हजार ५४ जनामा सङ्क्रमण देखिएको छ । अहिले देशका विभिन्न आइसोलेशनमा पाँच हजार नाै सय २३ जना सङ्क्रमित उपचाररत छन् ।

आइतबार ५८ सहित अहिलेसम्म ११ हजार ६ सय ९५ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । अहिले देशभरिका क्वरेण्टीनमा २२ हजार ६ सय ६१ जना रहेका छन् । नेपालमा आइतबारसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ ।  

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया