पाल्पा - बुटवल सडक खण्ड फेरि अवरुद्ध, राति यात्रा गर्न रोक

 साउन ५, २०७७ सोमबार ७:४४:३० | उज्यालो सहकर्मी

पाल्पा – पाल्पा बुटवल सडकखण्ड फेरि अवरुद्ध भएको छ ।

हिजो एकतर्फी सञ्चालनमा आएको बाटो पहिरो झरेपछि फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पटक पटक अवरुद्ध हुँदै आएको सडक गएराति पहिरो झरेपछि बन्द भएको हो । सिद्धार्थ राजमार्गमा पर्ने तानसेन ८, गौडेपुलमा ठूला ढुङ्गा सहितको पहिरो झरिरहेको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय पाल्पाले पाल्पा बुटवलको सडकमा बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म यात्रा गर्न रोक लगाएको छ । पहिरोको जोखिम बढेपछि अर्को सूचना नआएसम्मका लागि बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म यात्रा गर्न रोक लगाइएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया