धादिङमा पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गयो

 साउन ६, २०७७ मंगलबार ७:३६:३० | सिताराम अधिकारी
unn.prixa.net

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ खबासेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

गएराति पहिरोले घर बगाउँदा २५ वर्षका मिलन खाँण, उहाँकी श्रीमती २२ वर्षकी सम्झना खाँण र १८ महिनाकी छोरी अन्जिताको ज्यान गएको गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले जानकारी दिनुभयो ।

पहिरो जाँदा घर बाहिर रहेका बुवा, आमा र भाइ भने सुरक्षित रहेको पनि थापाले बताउनुभयो । रातिको समय र एकान्तमा घर भएकाले पहिरोमा परेकाहरुलाई उद्धार गर्न नसकेको स्थानीयबासिन्दा हरि विकले जानकारी दिनुभयो ।

एउटा मात्र घर पहिरोले बगाएको र बाँकी ५ घर जोखिममा रहेको तथा ती परिवारलाई सामुदायिक भवनमा राखिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया