पूर्व सांसद बर्मन बुढामगरको निधन

 साउन ७, २०७७ बुधबार ९:२१:४८ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा - पूर्व सांसद बर्मन बुढामगरको निधन भएको छ । 

९० वर्षका  बुढामगरको  उपचारको क्रममा आज बिहान साढे ४ बजे ललितपुरको पाटन अस्पतालमा निधन भएको हो ।

 वि.सं. १९८७ साउन १७ गते रोल्पाको थबाङमा जन्मिएका उहाँ नेपाली कम्युनिष्ट आन्दोलनका एक आदर्श व्यक्तित्वको रुपमा चिनिनुहुन्छ । 

बुढा २०४८ सालमा रोल्पाको क्षेत्र नं. १ बाट तत्कालिन जनमोर्चाको तर्फबाट सांसदमा निर्वाचित हुनुभएको थियो ।

 त्यसअघि उहाँ थबाङको मुखिया, प्रधानपञ्चसमेत हुनुहुन्थ्यो । उहाँ केही समयदेखि पेटको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया