आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका ११ जना कर्मचारीमा काेराेना सङ्क्रमण

 साउन १५, २०७७ बिहिबार १३:५९:४३ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका ११ जना कर्मचारीसहित एकैदिन ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमितमध्ये बाँकेका २७ जना, बर्दियाका सात जना र दाङका दुई जना रहेका छन् । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बिहीबार एकैदिन ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यसैबीच बाँकेमा आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा हुने भएको छ । कोरोना सङ्क्रमणको दर बढ्दै गएकोले तीन दिने निषेधाज्ञा गर्न लागिएको जिल्ला प्रशासन कार्यलय बाँकेले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया