काठमाण्डौ छिर्ने मुख्य नाकामा पनि भेटिए सङ्क्रमित, २४ जनालाई सङ्क्रमण

 साउन १५, २०७७ बिहीबार १८:२८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा काेरोना भाइरसको जोखिम बढेपछि सरकारले अहिले मुख्य तीन नाकामा कोरोना परीक्षणका लागि नमुना सङ्कलन गरिरहेको छ । मन्त्रालयले काठमाण्डौ भित्रने मुख्य तीन नाका थानकोट, फर्पिङ, साँगामा नमुना सङ्कलन गरिरहेको छ ।

यी नाकामा अहिलेसम्म तीन हजार चार सय जनाको परीक्षण भएकोमा २४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले नाकाबाट १० हजार जनाको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको छ ।

साँगाबाट दुई हजार चार सय नाै, फर्पिङबाट एक हजार दुई सय ८२ र थानकोटबाट चार हजार सात सय १० गरी आठ हजार चार सय एक जनाको नमुना सङ्कलन गरिसकेको मन्त्रालयले जनाएको छ ।

नाकामा पनि सङ्क्रमित भेटिएसँगै सरकारले नाका क्षेत्रमा थप कडाइ गर्ने तयारी गरेको छ ।  
 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया