पर्सामा एक जना महिलाको मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि

 साउन १७, २०७७ शनिबार १७:५६:२३ | केसी लामिछाने
unn.prixa.net

पर्सामा एक जना महिलाको मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

वीरगञ्जको नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा ज्यान गुमाउनु भएकी वीरगञ्ज महानगरपालिका १६ की ५० वर्षीया महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

उहाँको उपचारको क्रममा हिजो बिहान ज्यान गएको थियो । उहाँको ज्यान जानुभन्दा पहिले नै स्वाब संकलन गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिनुभयो ।

यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया