पर्सामा ज्यान गुमाएकी युवतीमा कोरोना पुष्टि

 साउन २१, २०७७ बुधबार ९:३२:२७ | केसी लामिछाने
unn.prixa.net

पर्सामा कोरोना भाइरसको सङक्रमणबाट पोखरिया नगरपालिका वडा नं. ८ की एक १८ वर्षीया किशोरीको ज्यान गएको छ ।  ज्यान गइसकेपछि गरिएको परीक्षणमा  किशोरीमा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको हो ।

झाडापखालाले सिकिस्त भएपछि उहाँलाई गएको सोमबार उपचारको लागि वीरगञ्जको नेशनल मेडिकल कलेजमा लैजाने क्रममा बाटोमै ज्यान गएको थियो । त्यही दिन उहाँको स्वाब संकलन गरी परीक्षणको लागि वीरगञ्जको नारायणी अस्पतालमा रहेको प्रयोगशालामा पठाइएको थियो ।

मङ्गलबार राति आएको रिपोर्टमा किशोरीमा कोरोना देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्यायले बताउनुभयो  ।

ती किशोरीको घर पोखरिया नगरपालिका वडा नं ८ जगतपुर भएपनि उहाँ त्यही नगरपालिकाकाे वडा नं ९ मा रहेकाे आफ्नाे मामा घरमा बस्दै आउनुभएकाे थियाे ।

किशोरीको मृत्युसँगै पर्सामा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया