पर्सामा थप ४३ जनामा काेराेना सङ्क्रमण पुष्टि

 साउन २२, २०७७ बिहिबार १२:३:१० | केसी लामिछाने
unn.prixa.net

पर्सा - पर्सामा नेपाली सेनाका सात जना जवान, बैंकर्स र चिकित्सकसहित ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको पछिल्लो परीक्षणअनुसार थप ४३ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

जसमध्ये रौतहट बाराका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अन्य ४० जना भने पर्साकै हुन । ४३ जना सङ्क्रमितमध्ये ११ जना नेपाली सेनामा कार्यरत छन् । 

सङ्क्रमितमध्ये ६ जना महिला रहेका छन । सङ्क्रमितमध्ये ५ जनामा ज्वरो र खोकीको लक्षण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा‍. मदनकुमार उपाध्यायले बताउनु भयो । 

सङ्क्रमितमध्ये ७ जनाले आफैँले पैसा तिरेर स्वाब दिएर परीक्षण गराएका थिए । अन्य मास ट्रेसिङमा परेका, सङ्क्रमितहरुको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु हुन ।

सङ्क्रमितमध्ये पर्साको  पकहामैनपुर गाउँपालिका र एक जना पोखरिया नगरपालिकाका एक जना रहेका छन् । २१ जना वीरगञ्जको विभिन्न वडामा बसोबास गर्ने रहेका अस्पतालले जनाएको छ । सङ्क्रमित हुनेहरुको उमेर ७ वर्षदेखि ७३ वर्षसम्म रहेको छ । सङ्क्रमित ६ जना महिलाहरुको उमेर ७,२२, ३५, ५३, ७३ रहेको छ ।

सङ्क्रमितमध्ये  नेपाल इन्भेस्टमेन्ट बैंकका एक कर्मचारी समेत रहेका छन् । नारायणी अस्पतालको ओपीडीमा कार्यरत एक कर्मचारीमा समेत सङ्क्रमण देखिएको अस्पताल प्रशासनले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया