बैतडीका दुई पालिकामा जाँडरक्सी बेचबिखनमा रोक

 साउन २४, २०७७ शनिबार १३:२:२२ | जयराज अवस्थी

बैतडी - बैतडीको पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकाका विभिन्न ठाउँमा जाँडरक्सी खान र बेच्न रोक लगाइएको छ ।

पुर्चौंडीको वडा नम्बर ३ ढङ्ंगाबिसौनामा जाँडरक्सी बेचबिखनमा पूर्णरुपमा रोक लगाउने निर्णय भएको छ । निर्णय विपरीत जाँडरक्सी बेचेको पाइए १० हजार रुपैयाँ जरिवाना गरिने निर्णय भएको मदिरा नियन्त्रण समितिले जनाएको छ । 

यस्तै जाँडरक्सी खाने र ओसारपसार गर्नेलाई पाँच हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ । जाँडरक्सीका कारण भैरहेका हिंसा रोक्नका लागि जाँडरक्सी बेच्ने, खाने र ओसारपसार गर्नेलाई कारबाही गर्ने निर्णय भएको मदिरा नियन्त्रण समितिका राजेन्द्र धामीले जानकारी दिनुभयो ।

यस्तै जिल्लाको डिलाशैनी गाउँपालिका–७ को मनेकुडा टोलमा पनि जाँडरक्सी र जुवातासमा रोक लगाइएको छ । बेतालेश्वर युवा क्लबमा आवद्ध युवाले गाउँमा जुवातास र रक्सी प्रतिबन्ध गरेको स्थानीय सागर ऐरले जानकारी दिनुभयो ।

वडासदस्य लक्ष्मणबहादुर ऐरको उपस्थितिमा बसेको बैठकले वडाभित्र जाँडरक्सी बेच्नेलाई पाँच हजार ५ सय ५५ रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । जाँड खाएर हल्ला गर्नेलाई दुई हजार ६ सय, ओसारपसार गर्नेलाई दुई हजार रुपैयाँ जरिवाना लिने निर्णय गरेको युवा क्लबका अध्यक्ष कम्मान ऐरले जानकारी दिनुभयो । 

यस्तै कसैले जुवातास खेलाए एक हजार ५ सय र खेलेमा एक हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया