वीरगञ्जकी एक महिलामा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि

 साउन २६, २०७७ सोमबार ११:३२:१५ | केसी लामिछाने
unn.prixa.net

पर्सा - पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भेडियाहीकी ४५ वर्षीया एक महिलामा मृत्युपछि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

महिलाको नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचारको क्रममा हिजो ज्यान गएको अस्पतालका इञ्चार्ज डाक्टर उदयनारायण सिंहले बताउनुभयो  ।

हिजो कोरोना परीक्षणका लागि स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशाला पठाइएकोमा आज सार्वजनिक भएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो । 

उच्च रक्तचाप र हाइपोथाइराइडबाट सङ्क्रमित महिलालाई कोरोना आशंकामा हिजो गण्डक अस्पतालमा भर्ना गरिएको थियो । 

अस्पतालको आईसीयू कक्षमा उपचारका क्रममा उहाँको ज्यान गएको डाक्टर सिंहले बताउनुभयो ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया