अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च
कात्तिक २३, २०८१ शुक्रबार
काठमाण्डाै – सरकारले याे समयमा अत्यावश्यक बाहेक दाँतको उपचार नगर्न/नगराउन आग्रह गरेको छ । दाँतको उपचार गर्दा डाक्टर र बिरामी नजिक हुनुपर्ने, बिरामीले मास्क प्रयोग गर्न नमिल्ने लगायतका कारण अत्यावश्यक बाहेक दाँतको उपचारका लागि दन्त क्लिनिक तथा अस्पताल नजान सरकारले आग्रह गरेको हो ।
स्वास्थ्य सेवा विभाग मुख स्वास्थ्य तथा आँखा शाखाका प्रमुख डाक्टर प्रकाश बुढाथोकीले कोरोना महामारीका बेला दाँतको उपचारसम्बन्धी प्रोटोकलको बारेमा जानकारी गराउँदै कोरोना सङ्क्रमण फैलाउन दन्त क्लिनिकहरु सहयोगी हुनेतर्फ सचेत रहन आग्रह गर्नुभयो ।
स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको मापदण्डअनुसार दाँतका अत्यावश्यक सेवा अन्तर्गत निद्रा नलाग्ने गरी दाँत दुख्नु, दाँतबाट अत्यधिक रक्तश्राव हुनु, मुख खोल्न र निल्न नसक्ने अवस्था आउनु, गिजा तथा आसपासमा निस्किएको घाउ दुई हप्तासम्म निको नहुनु, दुर्घटनाबाट दाँत भाँचिनु लगायतलाई मानिएको छ ।
यस्तै मापदण्डमा दाँतको उपचार गर्दा डाक्टर र बिरामी दुवैले अनिवार्य पीपीई लगाउने, १५ मिनेटमा उपचार सक्ने, उपचार कक्षमा एक जना र पालो पर्खने ठाउँमा एक जनाभन्दा धेरै बस्न नहुने, एक जनाको उपचारपछि उपचार कक्ष तथा उपकरण निर्मलीकरण गर्नुपर्नेलगायतका सेवा व्यवस्था गरिएको डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
कोरोना महामारी अझै लामो समय रहने सम्भावना रहेको र त्यस बेलासम्म उपचार नपाएमा धेरैले दाँत गुमाउनुपर्ने भएकोले उपचारको लागि मापदण्ड बनाइएको र यसको पालना गरेर मात्रै उपचार गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Siddharth Ghimire
Aug. 15, 2020, 12:31 a.m.Dr. Prakash Budhathoki Okay we are going to follow as you said. Only emergency treatment okay agreed for that also. Are you going to or government bearing all the losses like staff salaries and house rent for us? If not than can you atleast provide us few PPE for us, so that we can have safe practice. It’s very easy to give directive but being on post have to think for easy implementation too. Sorry for my harsh words. But what to do in this tough situation......