झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर दाङमा किशाेरकाे ज्यान गयाे

 कात्तिक २१, २०८१ बुधबार १५:१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

दाङ – दाङमा झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । करेन्ट लागेर तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीका १६ वर्षीय किशोर श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

तिहारको समयमा राखिएको झिलिमिली बत्ती निकाल्ने क्रममा आज बिहान करेन्ट लागेर उनी अचेत भएका थिए । उनलाई उपचारका लागि बिहान ११ बजेतिर तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवम् प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

झिलिमिली बत्ती निकाल्ने क्रममा किशोरको बाया हात र दाया खुट्टामा करेन्ट लागेको थियो ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया