काठमाण्डाैमा उपचारका क्रममा मृत्यु भएका धादिङका पुरुषमा काेराेना पुष्टि

 साउन २८, २०७७ बुधबार १८:५२:६ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – काठमाण्डाैकाे ह्याम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएका धादिङका पुरुषमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । 

धादिङकाे नीलकण्ठ नगरपालिका १४ काे धुँवाकाेटका पुरुषकाे उपचारकाे क्रममा ह्याम्स अस्पतालमा मृत्यु भएकाे हाे । रुघाखाेकी र ज्वराे आएपछि गएकाे साउन २६ गते धादिङ अस्पताल गएका उनलाई स्वाब सङ्कलनकाे लागि काठमाण्डाै पठाइएकाे थियाे । 

काठमाण्डौको वीर अस्पताल र शिक्षण अस्पतालमा उपचारकाे लागि भर्ना गर्न नपाएपछि ह्याम्स अस्पताल लगिएको पारिवारिक स्राेतले जनाएको छ । अस्पताल भर्ना भएर उपचारको क्रममा साउन २७ गते बिहान उनकाे मृत्यु भएको र मृत्युपछि स्वाब परीक्षणको प्रतिवेदन आउँदा कोरोना सङ्क्रमण देखिएको हो ।

काेराेना सङ्क्रमितकाे मृत्यु धादिङ जिल्लाकाे पहिलाे घटना हाे । 

अन्तिम अपडेट: बैशाख २, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया