वायु प्रदूषण नियन्त्रणका लागि भारतको सङ्घीय राजधानी दिल्लीमा '...
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै – नेपालमा पछिल्लाे २४ घण्टामा पाँच सय २५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २४ हजार नाै सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
साथै पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएसँगै मृतककाे कुल सङ्ख्या ९५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिलेसम्म ७३ जना पुरुष र २२ जना महिला गरी ९५ जनाको मृत्यु भएकाे जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार महोत्तरी, धनुषा, अछाम र मोरङ जिल्लामा एक/एक जना गरी चार जनाको मृत्यु भएको हो ।
प्रदेश नम्बर १ मा आठ, दुईमा ३९, वाग्मती प्रदेशमा १८, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा १२, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा आठ जनाको मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै अहिलेसम्म १६ हजार आठ सय ३७ जनाले कोरोनालाई जितेका छन् । अहिले देशका विभिन्न ठाउँको आइसोलेशनमा आठ हजार पाँच जना छन् । यस्तै १४ हजार सात सय ६९ जना क्वरेण्टीनमा रहेका छन् ।
अहिले पर्सा, रौतहट, महोत्तरी र काठमाण्डाै पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित भएका जिल्लाको सूचीमा छन् भने सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला सक्रिय सङ्क्रमित नभएका जिल्लाको सूचीमा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।