मध्य–नेपाल नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द, अनिवार्य मास्क लगाउन आग्रह

 साउन ३२, २०७७ आइतबार २०:२५:१६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – मध्य नेपाल नगरपालिकाभित्र अत्यवश्यक बाहेकका सेवा बन्द गरिएको छ । 

कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि अर्को सूचना नभएसम्म भदौ १ गते सोमबारदेखि लागू हुने गरी नगरपालिका र यस मातहतका कार्यालय, उद्योग, व्यवसाय, बैंक तथा वित्तीय संस्था, मेला, जात्रा बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिका क्षेत्रमा अति आवश्यक खाद्यान्न र तरकारी पसल बिहान ६-१० बजेसम्म र बेलुका ४-६ बजेसम्म भौतिक दुरी कायम गरी खोल्न पाइनेछ ।

घरबाहिर हिँड्नु परेमा अनिवार्य मास्क लगाउन र कोभिड-१९ रोकथाममा सहयोग गर्न सबैमा नगरपालिकाले आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया