चीनले पहिलाे काेराेना खाेपकाे सर्वाधिकार स्वीकृत गर्‍याे

 भदौ १, २०७७ सोमबार १६:३८:२९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनकाे खाेप कम्पनी क्यानसिनाे बायलजिक्स कर्पाेरेशनकाे काेराेना खाेप एडी५–एनसीओभी (Ad5-nCOV) ले पहिलो आविष्कार 'पेटेन्ट' सर्वाधिकारका लागि मञ्जुरी पाएकाे छ । चीनकाे सरकारी अखबार ग्लाेबल टाइम्सले यसकाे जानकारी दिएकाे हाे । 

चीनकाे बाैद्धिक सम्पदा नियामक संस्थाले ११ अगस्ट तारिखमा क्यानसाइनकाे खाेपकाे सर्वाधिकारका लागि मञ्जुरी दिएकाे हाे । चीनले कुनै काेभिड–१९ काे लागि कुनै पनि खाेपलाई मञ्जुरी दिएकाे याे पहिलाे पटक हाे । 

यद्यपि यसलाई वैज्ञानिक उपलब्धि नभइ व्यावसायिक उपलब्धि मानिएकाे छ । 

वाल्टर एण्ड एलिजा हल इन्स्टिच्युट अफ मेडिकल रिसर्चका प्राेफेसर मार्क पेलेग्रिनीले 'द गार्जियन' अखबारसँग भने, 'याे सर्वाधिकारकाे कारण कसैले अब याे खाेपकाे नक्कल गर्न पाउने छैन तर क्लिनिकल परीक्षणमा अघि बढ्नकाे लागि सर्वाधिकार हुनु कुनै अनिवार्य मापदण्ड हाेइन ।' 

पेलेग्रिनीले याे खाेपकाे बारेमा केही हप्ताअघि मेडिकल जर्नल ल्यान्सेटमा खबर छापिएकाे पनि बताए । अक्सफाेर्ड समूहले आफ्नाे खाेपकाे बारेमा जानकारी प्रकाशित गरेकाे बेला नै चिनियाँ खाेपकाे बारेमा पनि खबर छापिएकाे पेलेग्रिनीले बताए । 

दुवै खाेपमा काेराेना भाइरसविरुद्ध प्रतिराेधात्मक क्षमता बढाउनकाे लागि एडेनाेभाइरस (चिसाेपना र सामान्य सङ्क्रमण निम्त्याउने भाइरस) काे प्रयाेग गरिएकाे छ । 

साउदी अरबले यही महिना क्यानसाइन कम्पनीकाे खाेपकाे तेस्राे चरणकाे परीक्षण गर्ने याेजना बनाइरहेकाे बताएकाे थियाे । यता क्यानसाइनाेले तेस्राे चरणकाे परीक्षणकाे लागि रुस, ब्राजिल र चिलीसँग कुरा गरिरहेकाे बताएकाे थियाे । 
खाेपले मञ्जुरी पाएकाे खबर आएपछि साेमबार बिहान क्यानसाइनाेकाे हङकङकाे शेयरमा १४ प्रतिशत र दिउँसाेसम्म शङ्घाई शेयरमा ६ दशमलव ६ प्रतिशतकाे बढाेत्तरी भएकाे थियाे ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया