रहेनन् 'दृश्यम' र 'मदारी' जस्ता फिल्म निर्देशन गर्ने निशिकान्त कामत

 भदौ १, २०७७ सोमबार १८:३७:३४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – बलिवुड निर्देशक निशिकान्त कामतको सोमबार हैदराबादको एक अस्पतालमा ज्यान गएकाे भएको छ । उनी ५० वर्षका थिए । 

अस्पतालले एक बयान जारी गर्दै सोमबार दिउँसोदेखि उनको स्वास्थ्य बिग्रिँदै गएको र साँझ साढे ६ बजेतिर ज्यान गएकाे बताएको छ । 

बयानमा अस्पतालले भनेको छ, ‘ज्वरो र निकै थकान देखिएपछि निशिकान्त कामतलाई ३१ जुलाईमा अस्पताल भर्ना गरिएको थियो । उनलाई दुई वर्षदेखि लिभर सिरोसिसको समस्या थियो, यही कारण उनलाई एन्टिबायोटिकसँगै अरु औषधि पनि दिन सुरु गरिएको थियो ।’

‘उनको स्वास्थ्यमा केही सुधार भएको थियो तर बिस्तारै उनको कलेजो अझ खराब हुँदै गयो । आइतबार उनलाई श्वासप्रश्वासमा थप समस्या देखिन थाल्यो र रक्तचाप पनि कम हुँदै गयो । विभिन्न अङ्गले काम गर्न छोडेपछि उनको ज्यान गयाे ।’

निशिकान्तको निधनलाई लिएर बलिवुड अभिनेता रितेश देशमुखले समाजिक सञ्जालमा जानकारी दिएका छन् । उनले ट्वीट गर्दै लेखेका छन्, ‘मेरो साथी म तपाईँलाई सम्झिरहनेछु ।’

निर्देशक निलमाधव पन्डाले लेखेका छन्, ‘दृश्यम, फोर्स, मदारी लय भारी जस्ता फिल्म बनाएर निशिकान्तले चलचित्र उद्योगमा छुट्टै स्थान बनाएका थिए । आज हामीले एउटा हिरा गुमायौँ ।’

उनको निधनप्रति विभिन्न कलाकारले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका छन् ।  

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया