मालीका राष्ट्रपति र प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्ति विद्रोही सैनिकको नियन्त्रणमा

 भदौ ३, २०७७ बुधबार ६:४२:१६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – मालीका राष्ट्रपति र प्रधानमन्त्रीसहित उच्च पदस्थ व्यक्तिलाई त्यहाँका विद्रोही सैनिकले नियन्त्रणमा लिएको छ ।

राष्ट्रपति इब्राहिम बुबाकर केइटालाई पदबाट हटाउने मागसहित महिनौंदेखि आन्दोलनरत सैनिकले राष्ट्रपति र प्रधानमन्त्री बोबू सिमेसहित उच्च पदस्थ व्यक्तिलाई नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

राजधानी बामाको नजिकै रहेको सैनिक शिविरमा उनीहरुलाई राखिएको खबरमा उल्लेख छ । राष्ट्रपतिसहितका उच्च पदस्थ व्यक्तिलाई नियन्त्रणमा लिएको विरोधमा अन्तर्राष्ट्रिय समुदायमा आवाज उठ्न थालेको छ ।

पश्चिम अफ्रिकी देशको आर्थिक समुदायले विज्ञप्ती निकालेर १५ देशले मालीसँगको आफ्नो सीमा तत्काल बन्द गर्ने र आर्थिक क्रियाकलापमा पनि असहयोग गर्ने घोषणा गर्दै राष्ट्रपतिसहितका पदाधिकारीको तत्काल रिहाइको माग गरेको छ ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • dhama paudyal

    Aug. 19, 2020, 9:43 a.m.

    नेपाल मा कहिले हुने होला यस्तो ?

  •  0 Reply

तपाईको प्रतिक्रिया