कोरोना जोखिमको तहबारे थाहा पाउन 'सेरोलजिकल' परीक्षणको तयारी

 भदौ ३, २०७७ बुधबार १५:२५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले 'सेरोलजिकल' परीक्षणको तयारी गरेको छ ।

सङ्क्रमणको जोखिम कुन तहसम्म पुगेको छ भनेर अध्ययन गर्न सेरोलजिकल परीक्षणको तयारी गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले जानकारी दिनुभयो ।

केही हप्तायता काठमाण्डाै उपत्यकालगायत देशभर सङ्क्रमण र मृत्युदर बढ्दै गएपछि महाशाखाले सेरोलजिकल परीक्षणकाे तयारी गरेको हो । सेराेलजिकल परीक्षणमार्फत ‘कति केसहरु समुदायमा छन् ? कस्तो अवस्थमा छ ?’ लगायत विषय पत्ता लगाउने उहाँले बताउनुभयो ।

कालाजार, डेङ्गी र मलेरियालगायत महामारीको परीक्षणका लागि समेत प्रयोग हुने यो विधि कोरोना सङ्क्रमणको जोखिम कति छ भनेर अध्ययन गर्नका लागि प्रयोग गर्न लागिएको हो । 

९० जनाको नमुना एउटै ठाउँमा राखेर परीक्षण गरिने र एक दिनमा परीक्षण हुने उहाँले बताउनुभयो । परीक्षणपछि कुनै व्यक्तिमा सङ्क्रमण पहिले र अहिले छ कि छैन भन्ने कुरा यसले पत्ता लगाउने डाक्टर पाण्डेले बताउनुभयो । परीक्षणपछि समुदायमा कोरोना छ कि छैन ? कहिलेदेखि नेपालमा आएको हो ? कहिलेसम्म रहन्छ ? भन्ने प्रश्नहरुको जवाफ दिन सहज हुने उहाँले बताउनुभयो ।

पहिलो पटकका परीक्षणमा प्रारम्भिक सूचनाहरु सङ्कलन गर्न सहज भए पनि लगातार तीन वर्षसम्म निरन्तर परीक्षण गरिने उहाँले बताउनुभयो । रोगसँग डराएर सधैँ लकडाउन गरिराख्न नमिल्ने उल्लेख गर्दै उहाँले समुदायस्तरमा सचेतना अपनाउँदै कसरी जीवनयापन गर्ने भन्ने कुरालाई ध्यान दिनुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया