भारतका पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य थप गम्भीर

 भदौ ३, २०७७ बुधबार १६:२५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको स्वास्थ्य अवस्था थप गम्भीर बनेको छ । विशेषज्ञ डाक्टरको निगरानीमा उहाँको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको बीबीसी हिन्दीले जनाएको छ ।

मुखर्जीको अहिले आर्मी अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ । कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएका मुखर्जीको स्वास्थ्य अवस्था जटिल बनेपछि आर्मी अस्पतालमा भर्ना गरिएको हो । अस्पतालले उहाँको फोक्सोमा सङ्क्रमण भएको जानकारी दिएको छ ।

पूर्वराष्ट्रपति मुखर्जीलाई गएकाे साेमबार काेराेना भाइरसकाे सङ्क्रमण भएको पुष्टि भएपछि सघन उपचारका लागि भेन्टिलेटरमा राखिएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

८४ वर्षीय मुखर्जी मस्तिष्कमा जमेको रगत हटाउन शल्यक्रिया गर्नको लागि अस्पताल जानुभएको थियो । शल्यक्रियाअघि परीक्षण गर्दा उहाँमा कोरोना सङ्क्रमण देखिएको हो ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया