दैलेखमा पहिरोको जोखिममा परेका १७ परिवारको खुला चौरमा बास

 भदौ ४, २०७७ बिहिबार १०:१९:११ | अमर सुनार
unn.prixa.net

दैलेख - दैलेखको ठाँटीकाँध गाउँपालिका-४ गैरागाउँमा पहिरोको जोखिममा परेका परिवार खुलाचौरमा बस्न बाध्य भएका छन् ।

हिजो बिहान गएको पहिरोले ठाँटीकाँध गाउँपालिका-२ जौंचौर गाउँमा घरहरु चर्केपछि उच्च जोखिम भएका १७ घरपरिवार गाउँको माथि बिजाेर चौरमा खुला रुपमा बसेका स्थानीय डम्बरबहादुर लामिछानेले जानकारी दिनुभयो।

खोलाले कटान गर्न थालेको र गाउँको माथिबाट पहिरो झर्ने क्रम नरोकिएपछि झण्डै ७० घर रहेको जाैंचौरका उच्च जोखिम भएका १७ घर परिवार हिजोदेखि बिजाेर चौरमा खुला रुपमा बस्दै आएको ठाँटीकाँध गाउँपालिका-२ का वडा सदस्य कर्णबहादुर सलामीले बताउनुभयो । 

ठाँटीकाँध गाउँपालिका-२ का वडाध्यक्ष रुपलाल बिश्वकर्माले पनि स्थानीय बासिन्दा खुलाचौरमा बसेको जानकारी पाएको र प्रभावित परिवारहरुको राहत तथा पुनस्र्थापनाका लागि गाउँपालिका र सम्बन्धित निकायमा पहल भइरहेको बताउनुभयो ।

बाढी-पहिरोले दैलेखका तीन ठाउँमा ३ जनाको ज्यान गएको छ । एक जना बेपत्ता भएका छन् । ५ जना घाइते भएका छन् । हिजो दिउँसो ३ जना घाइतेलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि सुर्खेत पुर्याएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया