भारतमा २४ घण्टामा साढे ६९ हजार कोरोनाका बिरामी थपिए

 भदौ ४, २०७७ बिहिबार १२:१९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतमा २४ घण्टामा साढे ६९ हजार कोरोनाका बिरामी थपिएका छन् । ९ सय ७७ जनाको ज्यान गएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

गएको २४ घण्टामा ६९ हजार ६ सय ५२ जना नयाँ बिरामी थपिएसँगै भारतमा संक्रमितको संख्या २८ लाख ३५ हजार नाघेको छ । यस्तै ज्यान गुमाउनेको संख्या ५४ हजार नाघेको छ ।

संक्रमित धेरै भएका देशको सूचीमा भारत तेस्रो स्थानमा छ । सबैभन्दा धेरै अमेरिकामा ५७ लाखमा कोरोना पुष्टि हुँदा १ लाख ७६ हजारको ज्यान गएको छ भने साढे ३४ लाखमा कोरोना पुष्टि भएको ब्राजिलमा १ लाख ११ हजारको ज्यान गएको छ । 

अहिलेसम्म २ करोड २५ लाखमा कोरोना पुष्टि भएकोमा १ करोड ५३ लाखभन्दा धेरै उपचारपछि निको भएको वल्ड्रोमिटरले जनाएको छ । ७ लाख ९१ हजारको भने ज्यान गएको छ । वल्ड्रोमिटरका अनुसार अहिले उपचार गराइरहेका ६४ लाख ८६ हजारमध्ये एक प्रतिशत अर्थात साढे ६१ हजारको अवस्था जटिल रहे पनि बाँकी ६४ लाखको अवस्था सामान्य छ ।

 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया