विष खुवाइएकाे आशङ्कामा रुसी विपक्षी नेता आईसीयूमा भर्ना

 भदौ ४, २०७७ बिहीबार १३:३५:१६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – रुसमा विपक्षी नेता एलेक्सी नाभाल्नीको स्वास्थ्य बिग्रिएपछि बिहीबार उहाँलाई अस्पतालको सघन उपचार कक्ष (आईसीयू) भर्ना गरिएको छ ।

एलेक्सी नाभाल्नीकी प्रवक्ताले यसबारेमा जानकारी दिँदै उनी अहिले पनि बेहोस रहेको र आईसीयूमै रहेको बताउनुभएको छ । नाभाल्नीको अवस्था देख्दा उहाँलाई कसैले विष खुवाएको शङ्का गर्न सकिने प्रवक्ताले बताउनुभएको छ ।

नाभाल्नीकी प्रवक्ता किरा यारमिशले एलेक्सी नाभाल्नी साइबेरियाबाट मस्को आइरहनुभएको थियो । तर जहाजमा उहाँको स्वास्थ्य खराब भएपछि जहाज आपत्कालीन अवतरण गर्नुपरेको थियो । 

यो घटनापछि प्रवक्ता यारमिशले ट्वीट गर्नुभएको छ– ‘एलेक्सीलाई विष खुवाइएको छ र अझै पनि आईसीयूमा हुनुहुन्छ ।’   

एलेक्सी नाभाल्नीले गएको वर्षको जुलाईमा पनि आफूलाई कसैले विष दिएको हुन सक्ने बताउनुभएको थियो । उहाँलाई प्रहरी हिरासतमा राखिएको थियो र एक रहस्यमय एलर्जीको प्रतिक्रिया भएको बताइएको थियो । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया