कश्मीरबाट १० हजार सैनिक फिर्ता बाेलाउने भारतकाे निर्णय

 भदौ ४, २०७७ बिहीबार १८:२२:३६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारत प्रशासित कश्मीरबाट भारतले १० हजार सैनिक फिर्ता बोलाउने निर्णय गरेको छ ।

गएको वर्ष भारत प्रशासित कश्मीरको विशेष अधिकार दिने अनुच्छेद ३७० हटाएको भारतले त्यहाँ रहेका १० हजार सैनिक फिर्ता बोलाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अनुच्छेद ३७० हटाएपछि केन्द्र शासित प्रदेश जम्मू कश्मीरमा कानुनी व्यवस्था बनाइ राख्न हजारौँ सुरक्षाकर्मी तैनाथ छन् । उनीहरुलाई जम्मू कश्मीरबाट फिर्ता बोलाएर सम्बन्धित ठाउँमा पठाउन केन्द्रिय गृह मन्त्रालयले आदेश दिएको हो ।

कश्मीरमा लगातार चरमपन्थी आक्रमण, इन्काउन्टर र राजनीतिक कार्यकर्ताको हत्या भइरहेका बेला यो आदेश आएको हो ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया