स्पेन र इटलीमा यो महिनायताकै सबैभन्दा धेरै सङ्क्रमित थपिए

जर्मनीमा पनि सङ्क्रमणको दर बढ्दो

 भदौ ४, २०७७ बिहीबार २०:३४:२४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – स्पेन र इटलीमा बिहीबार काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या यो महिनाकै सबैभन्दा धेरै रहेकाे छ । 

स्पेनमा बिहीबार मात्रै तीन हजार सात सय १५ जना नयाँ सङ्क्रमित देखिएका छन्  । यो जुन महिनायताकै सबैभन्दा धेरै हो । स्पेनमा अहिलेसम्म तीन लाख ८७ हजारभन्दा धेरै सङ्क्रमित छन् भने २८ हजार सात सय भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै इटलीमा ६ सय ४२ जना नयाँ सङ्क्रमित भेटिएका छन् । यो मे महिनायताकै सबैभन्दा धेरै भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इटलीमा दुई लाख ५५ हजारभन्दा धेरै सङ्क्रमित भइसकेका छन् भने सङ्क्रमणका कारण ३५ हजार चार सयभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै जर्मनीमा पनि कोरोना भाइरस सङ्क्रमणको दर बढ्दो छ । त्यहाँ एक हजार सात सय सात नयाँ सङ्क्रमण देखिएको र गएको अप्रिलयताकै सबैभन्दा धेरै भएको खबरमा उल्लेख छ । जर्मनीमा दुई लाख २९ हजार सात जनामा सङ्क्रमण पुष्टि भइसक्दा नाै हजार तीन सयभन्दा धेरैको ज्यान गएको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया