धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
धनकुटा – धनकुटामा एकजना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि गएरातिदेखि एकहप्ताको लागि निषेधाज्ञा घोषणा गरिएको छ ।
शहीदभूमि गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीमा भदौ ४ गते कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि जिल्लाभर एकहप्ताको लागि निषेधाज्ञा घोषणा गरिएको हो । प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीको अध्यक्षतामा गएराति बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको आकस्मिक बैठकले धेरै जनासँगको सम्पर्कमा रहेका व्यक्तिमा कोरोना सङ्क्रमण देखिएकाले समुदायस्तरमा सङ्क्रमण फैलन नदिनका लागि जिल्लाभर एकहप्ताको लागि निषेधाज्ञा जारी गरेको हो ।
यस अघि प्रदेशसभाका सांसद कुशुम श्रेष्ठ लगायतका व्यक्तिहरुलाई कोरोना सङ्क्रमण भएपछि धनकुटा नगरपालिकाका ६ वटा वडाहरुमा मात्र भदौ ४ गतेसम्मको लागि निषेधाज्ञा जारी गरिएको थियो । तर छिमेकी जिल्लाहरुमा पनि कोरोनाको सङ्क्रमण बढ्दै गएको र जिल्लामा पनि पछिल्लो पटक स्वास्थ्यकर्मीलाई नै सङ्क्रमण देखिएकाले जिल्लाभर नै निषेधाज्ञा घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी बिमलीले बताउनुभयो ।
धनकुटामा कोरोना सङ्क्रमितको संख्या २० पुगेको छ भने त्यसमध्ये १८ जना निको भएर घर फर्किसकेका छन् । यसैबीच धनकुटाको शहिभूमिमा ४५ वर्षीय एकजना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाको केही क्षेत्र सिल गरिएको छ । आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि गाउँपालिका कार्यालय पिप्लेदेखि थलथलेसम्मको क्षेत्र सिल गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।