भारतमा कोरोनाका कारण ज्यान गुमाउनेकाे सङ्ख्या लुकाइएको आशंका

 भदौ ५, २०७७ शुक्रबार १२:१८:१२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतमा कोरोनाका कारण ज्यान गुमाउनेकाे सङ्ख्या लुकाइएकाे आशंका गरिएकाे छ ।

काेराेनाका कारण ज्यान गुमाउने सबैलाई गणना नगर्दा ज्यान गुमाउनेको सङ्ख्या कम देखिएको विज्ञहरुले बताएका छन् । कतिपय राज्यले कोरोना भएर ज्यान गुमाएकाहरूमा पहिले रहेको रोगका कारण ज्यान गएको बताउने गरेका बीबीसीले जनाएको छ ।

स्वास्थ्य क्षेत्रकी पत्रकार प्रियङ्का पुल्लाले गरेको अनुसन्धानमा गुजरात र तेलङ्गाना राज्यमा ठूलो संख्यामा मृतकको गणना नगरिएको देखाएको खबरमा उल्लेख छ ।

विश्व स्वास्थ्य सङ्गठनले मृतकमा कोरोना भाइरस देखिएमा उसको मृत्युको कारण कोरोना नै उल्लेख गर्न भनेको छ । तर भारतका कतिपय राज्यले ज्यान गुमाउनुअघि कुनै रोग भएमा त्यही रोगका कारण ज्यान गएकाे भनेर देखाउने गरेकाे खबरमा उल्लेख छ ।

भारतमा चार मृतकमध्ये एक जनाको मात्र कारण प्रमाणित हुने गर्छ । भारतमा अहिलेसम्म २९ लाख पाँच हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण हुँदा ५४ हजार नौ सय ८७ जनाको ज्यान गएको छ । २१ लाख ५९ हजार आठ सय भन्दा धेरै उपचारपछि निको भएका छन् ।

दिल्लीमा रहेको थिङक ट्याङक अब्जर्भर रिसर्च फाउण्डेशनका उमेन सी कुरियन पनि मृत्युको गणना कुन स्तरमा भैरहेको छ त्यो छलफल हुनुपर्ने बताउनुहुन्छ ।

सङ्क्रमितको अनुपातमा ज्यान गुमाउनेको संख्या युरोप, अमेरिका लगायतका देशमा भन्दा निकै थोरै रहेको भनिए पनि भारतमा मृत्युको गणनामै शंका भएकोले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार गणना हुनुपर्ने विज्ञहरुले बताएका छन् ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया