महाराजगञ्ज वृत्तमा एक थुनुवा र पाँच प्रहरीमा कोरोना पुष्टि

 भदौ ७, २०७७ आइतबार १३:१३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – महानगरीय प्रहरी वृत्त महाराजगञ्जका एक थुनुवा र पाँच जना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको  छ । 

गएको साउन ३० गते मनमैजुमा एक व्यक्तिको हत्या गरेको आरोपमा समातिएका एक थुनुवामा कोरोना पुष्टि भएको महानगरीय प्रहरी परिसर टेकुका एसएसपी श्यामलाल ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो । 

थुनुवा र प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि अरुको पनि परीक्षण भइरहेको उहाँले बताउनुभयो । सङ्क्रमण पुष्टि भएकाहरुलाई आइसोलेशनमा पठाइएको छ । 

सङ्क्रमण पुष्टि भएका प्रहरी थुनुवाको सम्पर्कमा आएका थिए । 

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया