नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि
बैशाख १५, २०८१ शनिबार
धनकुटा - धनकुटामा जारी निषेधाज्ञा एक हप्ताको लागि थप गरिएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बिहीबार सम्पन्न बैठकले एक हप्ताको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
धनकुटामा कोरोना भाइरस सङ्क्रमणको जोखिम कायम रहेकाले सङ्क्रमण रोक्न भदौ १७ गतेसम्मको लागि निषेधाज्ञा जारी राखिएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले बताउनुभयो ।
धनकुटाको सहिदभूमि गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीमा भदौ ४ गते कोरोना भाइरसको सङक्रमण देखिएपछि त्यही दिनदेखि धनकुटामा भदौ ११ गतेसम्म निषेधाज्ञा घोषणा गरिएको थियो ।
यस अवधिमा अत्यावश्यक बाहेकका सम्पूर्ण आवतजावतमा निषेध गरिएको छ । बिहान ७ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म दैनिक उपभोग्यलगायत अन्य पसल खुला रहने छन् ।