वायु प्रदूषण नियन्त्रणका लागि भारतको सङ्घीय राजधानी दिल्लीमा '...
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डौ - सरकारले बजार कारोबार तथा व्यवसायिक स्थलमा उपभोक्ताको ज्वरो नाप्न भनिए पनि त्यसको पालना भएको पाइँदैन ।
विशेषगरी तरकारी बजार र खाद्यान्न पसलमा बिहान र बेलुकाको भिड बढ्ने गरेको छ । यस्ता पसलमा भौतिक दूरी समेत कायम गरेको पाइँदैन । दिनभरि पसल बन्द हुने भएपछि बिहान र बेलुका तरकारी र खाद्यान्न पसलमा उपभोक्ताको भीड बढ्ने गरेको हो ।
सरकारले कोरोनाको जोखिम थप बढ्दै गएकाले कारोबार तथा व्यवसायिक स्थलका प्रवेश विन्दुमा नै ज्वरो नाप्ने थर्मल गनको प्रयोग गर्न र ज्वरो देखिएकालाई परीक्षणका लागि पठाउन भनिए पनि धेरै ठाउँमा यसको प्रयोग भएको पाइँदैन ।
यस्तै व्यवसाय गर्नेले पनि पन्जा, मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न भनिएको छ । त्यसैगरी व्यवसायिक स्थलका कर्मचारी वा कामदारले कुनै ठाउँमा यात्रा गरेको भए काम फर्किनु पूर्व आफ्नो यात्राको विवरण व्यवस्थापनलाई बुझाउनु पर्ने, सरसफाईमा ध्यान दिनु पर्ने र अनलाइन माग संकलन र होम डेलिभरीलाई प्राथमिकता दिँदै दूरी कायम गर्न भनिएको छ ।
गएको साउन ३२ गते नै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना निकालेर स्वास्थ्य मापदण्ड पालना गर्न भनेको हो । विभागले कारोबार तथा व्यवसायिक स्थलमा तोकेको स्वास्थ्य मापदण्ड पालना भए नभएको अनुगमन हुने भने पनि अहिलेसम्म अनुगमन भएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Geeta Gyawali
Aug. 28, 2020, 12:01 p.m.पसल खोल्न दिनभर दिए त भीड हुन्छ, विहान नौ बजेसम्म मात्र दिँदा झन भिड हुँदैन ?यो त झन संक्रमित बढाउने फरमूला हो । मान्छेहरु घरको सबै काम छोडेर पसल बन्द हुन्छ भन्दै घरमा सकिएका सामानको लिष्ट बनाएर पसलतिर दौडिन्छन्, जतिनै भौतिकदुरी कायम गरेपनि पसलको सानो ठाउँमा कोचाकोच गरेर आफ्नो पालो कुर्छन् अनि कोरोना घर नआएर के आउँछ त?