धरानमा दुई जना काेराेना सङ्क्रमितको ज्यान गयो

 भदौ १२, २०७७ शुक्रबार ८:४७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा थप दुई जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।

बिहान एक जना पुरुष र एक जना महिला सङ्क्रमितको ज्यान गएको प्रतिष्ठानले जनाएको छ । ज्यान गुमाउनेहरुमा झापाको दमक नगरपालिका-३ घर भएका ८३ वर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका-५ की ५६ वर्षीया महिला रहेका छन् । 

खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएका पुरुष बी एण्ड सी टिचिङ अस्पताल बिर्तामोड झापाबाट र खोकी, ज्वरो र श्वासप्रश्वासमै समस्या भएकी महिला कोशी अञ्चल अस्पतालबाट रिफर भएर प्रतिष्ठानमा आएका प्रतिष्ठानले जनाएको छ । 

योसँगै अहिलेसम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । अहिलेसम्म छ सय ४२ जना सङ्क्रमित भर्ना भएको प्रतिष्ठानमा अहिले ४९ जना आइसोलेशनमा रहेका छन् । नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या एक सय ८६ पुगेको छ ।


 

अन्तिम अपडेट: कात्तिक २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया