पोखरामा कोरोना सङ्क्रमित पुरुषको ज्यान गयो

 भदौ १३, २०७७ शनिबार १२:५२:३६ | सुमन गुरुङ
unn.prixa.net

कास्की – पोखरामा कोरोना सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ ।

कास्कीको पोखरा महानगरपालिका १४ का ५८ वर्षीय पुरुषको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डाक्टर अर्जुन आचार्यले जानकारी दिनुभयो ।

भदौ १० गते कोरोना पोजेटिभ भएर कोभिड १९ उपचार केन्द्रका आईसीयूमा उपचाररत उहाँको आज बिहान ११ बजे उपचारकै क्रममा ज्यान गएको हो । योसँगै गण्डकी प्रदेशमा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

प्रदेशमा कोरोना सङ्क्रमितको संख्या २ हजार ८७ छ भने निको भएर घर फर्कनेको संख्या १ हजार ६ सय ७२ रहेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया