वायु प्रदूषण नियन्त्रणका लागि भारतको सङ्घीय राजधानी दिल्लीमा '...
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै – काठमाण्डाै उपत्यकामा पछिल्लाे २४ घण्टामा दुई सय ९८ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार साेमबार काठमाण्डाैका एक सय ९०, ललितपुरका ६७ र भक्तपुरका ४१ जनामा सङ्क्रमण देखिएकाे हाे ।
त्यस्तै पछिल्लाे २४ घण्टामा उपत्यकासहित देशैभर आठ सय ९९ जना काेराेनाका सङ्क्रमित थपिएका छन् ।
केही दिनयता काठमाण्डौ उपत्यकासहित देशैभर कोरोनाको जोखिम बढिरहेको छ । यही अवस्थालाई ध्यानमा राखी विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन घोषणा गरिएको छ ।
कोरोनाको जोखिम बढ्दै गएपछि काठमाण्डौ उपत्यकामा निषेधाज्ञाको अवधि थप गरिएको छ । गएकाे बुधबार रातिसम्म लागू गरिएको निषेधाज्ञाको अवधि एक हप्ताले बढाइएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।