काठमाण्डौका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना सङ्क्रमण

 भदौ १५, २०७७ सोमबार १९:१६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

ग्राण्डी अस्पतालमा गरेको पीसीआर परीक्षणमा कोरोनाको सङ्क्रमण देखिएको मेयर शाक्यले उज्यालोलाई जानकारी दिनुभयो । अहिले आफू होम आइसोलेशनमा बसेको र अवस्था सामान्य रहेकाले घरबाटै काम गर्दै आएको उहाँले बताउनुभएको छ । 

उहाँले सङ्क्रमण हुँदैमा लुकाउन र डराउन नपर्ने समेत बताउनुभएको छ । साथै अरु सङ्क्रमितलाई पनि कोही कसैले दुर्व्यवहार गर्न नहुनेमा उहाँले जोड दिनुभएको छ ।
 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया