वायु प्रदूषण नियन्त्रणका लागि भारतको सङ्घीय राजधानी दिल्लीमा '...
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डौ - चितवनको भरतपुर अस्पतालमा सोमबार राति ज्यान गएका तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
मृतक तीन जनाकै स्वाब परीक्षण गर्दा कोरोना देखिएको अस्पतालमा सूचना अधिकारी लीलाधर पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।
ज्यान गएकामध्ये ५५ र १८ वर्षका महिला छन् भने ६५ वर्षका पुरुष रहेका छन् । उनीहरु सबै चितवनका हुन् । मृतक सबै अस्पताल चहार्दा चहार्दै भरतपुर अस्पताल पुगेका थिए ।
चितवनका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पीसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल पठाएका थिए ।
उनीहरुको अस्पताल पुगेको केही समयमै ज्यान गएको हो । भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.जगन्नाथ तिवारीकाअनुसार मृत्यु भएका तीनै जनामा कडा निमोनिया देखिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।