वायु प्रदूषण नियन्त्रणका लागि भारतको सङ्घीय राजधानी दिल्लीमा '...
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डौ - कोरोना भाइरसको सङ्क्रमणबाट थप आठ जनाको ज्यान गएको छ । चितवन, पर्सा, र सुनसरीमा गरी आठ जनाको ज्यान गएको हो ।
चितवनको भरतपुर अस्पतालमा गएराति ज्यान गुमाएका तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मृतक तीन जनाकै स्वाब परीक्षण गर्दा कोरोना देखिएको अस्पतालमा सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।
ज्यान गएकामध्ये ५५ र १८ वर्षका महिला र ६५ वर्षका पुरुष छन् । उनीहरु सबै चितवनका हुन् । मृतक सबै अस्पताल चहार्दा चहार्दै भरतपुर अस्पताल पुगेका थिए । कडा निमोनिया देखिएका उनीहरुको अस्पताल पुगेको केही समयमै ज्यान गएको भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारीले बताउनुभयो ।
चितवनको चितवन मेडिकल कलेजमा अर्का एक जना कोरोना संक्रमितको पनि ज्यान गएको छ । हेटौँडा उपमहानगरपालिका-१५ का ५८ वर्षीय पुरुषको अस्पतालमा उपचारको क्रममा गएराति ज्यान गएको हो । यस्तै पर्साको नारायणी अस्थायी कोभिड अस्पतालमा थप तीन जनाको ज्यान गएको छ । अस्पतालमा उपचार गराइरहेका पहिचान नखुलेका एक पुरुष, बाराको कोल्भी नगरपालिकाका ६० वर्षीय पुरुष र वीरगञ्ज महानगरपालिका वडा नम्बर २० का ५३ वर्षीय पुरुषको ज्यान गएको अस्पतालले जनाएको छ ।
यस्तै सुनसरीको धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका सिरहाका एक जना संक्रमितको ज्यान गएको छ । एक हप्ता अघि अस्पताल धर्ना भएर आईसीयूमा उपचार गराइरहेका मिर्चैया नगरपालिका-६ का ६५ वर्षीय पुरुषको ज्यान गएको प्रतिष्ठानले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।