नेयमार, डी मारियासहित पेरिस सेन्ट जर्मेइनका ३ खेलाडीमा कोरोना सङ्क्रमण

 भदौ १७, २०७७ बिहिबार ५:११:५९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ फ्रान्सको ए डिभिजनको फुटबल क्लब पेरिस सेन्ट जर्मेइनका तीन जना खेलाडीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीएसजीका नेयमार, एन्जेल डी मारिया र लियन्द्रो परअरदेसमा सङ्क्रमण पुष्टि भएको फ्रान्सको एक रिपोर्टमा भनिएको छ ।

इबिजामा बिदा मनाएर फर्किएपछि तीन जना खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको क्लबले जनाएको छ ।

'तीन जना पेरिस सेन्ट जर्मेइनका खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ र उनीहरूले उपयुक्त स्वास्थ्य मापदण्डको पालना गर्ने गर्नेछन् । अब सबै खेलाडी, प्रशिक्षक र सबै सदस्यको पनि कोरोना परीक्षण गरिने छ', विज्ञप्तिमा भनिएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया